You are currently viewing Talk Program on the Development of Hyolmo Language

Talk Program on the Development of Hyolmo Language

A two days Talk Program had been concluded successfully on the theme “Talk Program on the Development of Hyolmo Language” in order to ascertain the present status of Hyolmo language and to formulate action plan for the documentation of the Hyolmo language.

The talk program is participated by senior Hyolmo activists, Hyolmo Lama as well as Hyolmo youths and students dedicated for the use, preservation and promotion of the indigenous Hyolmo language. 41 Hyolmo participated the program and expressed their determination and commitment to advance for the documentation of the language in any cost.

The program has been initiated with the support of Himalayan Indigenous Society Nepal.

ह्योल्मो फाउण्डेशनको आयोजना तथा हिमाली आदिबासी समाज नेपालको प्रायोजनमा ह्योल्मो भाषाको अवस्था र अवका दिनहरुमा ह्योल्मो भाषाको बिकासको निम्ति के कस्तो उपायहरुको अवलम्वन गर्ने भन्ने सम्बन्धमा २०७१ साल फाल्गुन महिनाको ५ र ६ सम्म चलेको दुई दिवसीय ‘ह्योल्मो भाषा विकास सम्वन्धी बिचार गोष्ठि’ सम्पन्न गरिुएकोछ । उक्त गोष्ठिमा जम्मा ४१ जना ह्योल्मो भाषामा पोख्त भएका ह्योल्मो अग्रजहरु, ह्योल्मो लामा गुरुहरु, ह्योल्मो युवा तथा बिद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

त्यस बिचार गोष्ठिलाई सम्पन्न गर्नको निमित्त हिमाली आदिबासी समाज, नेपालले प्रायोजन गरेको थियो भने सहजकर्ताको रुपमा मातृभाषा केन्द्र नेपालका निर्देशक श्री सुशील सुब्बा, रुपान्तरण नेपालका, राना थारु साक्षरता परियोजनाका अधिकृत श्री पृथ्वी चौधरी र हिमाली आदिबासी समाज, नेपालका सचिव श्री साङवु नुप्पा ल्होमी रहनु भएको थियो ।

दोस्रो दिनको सो गोष्ठिमा प्रमुख अतिथिको रुपमा नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष तथा संविधान सभाका सदस्य माननीय नगेन्द्र कुमार कुमालज्यू र बिशिष अतिथिको रुपमा ह्योल्मो आदिबासी जनजातिकी पहिलो महिला संसद सूश्री पेम्बा लामा ह्योल्मो रहनु भएको थियो ।

ह्योल्मो भाषा सम्बन्धी अत्यन्तै महत्व राख्ने सो बिचार गोष्ठिलाई ह्योल्मो फाउण्डेशनका कार्य समिति सदस्य श्री टासि लामा ह्योल्मोको अथक परिश्रम र सवन्मयबाट पूर्ण सफलताका साथमा सम्पन्न गर्न सम्भव भएको थियो । वहाँ विशेष धन्यबादको पात्र रहनु भएको छ । साथै ह्योल्मो आदिबासी जनजातिको हित र जातीय पहिचानलाई अक्षुण राख्नुपर्ने भावनाबाट ओतप्रोत भएका ह्योल्मो अग्रज, महिला, युवा तथा बिद्यार्थीहरुको गोष्ठिमा भएको सक्रिय सहभागिताबाट यो गोष्ठिले अपेक्ष गरेको उदेश्य र लक्ष भेट्टाउन सफल भएकोछ ।